Section 8
सदस्यता कायम नरहनेः

(१) समितिका मनोनीत सदस्यहरु देहायको कुनै अवस्थामा आफ्नो पदमा बहाल रहने छैनन्ः–
(क) पदावधि समाप्त भएमा,
(ख) नेपाल सरकार समक्ष राजीनामा दिएमा,
(ग) मृत्यु भएमा,
(घ) कुनै सूचना नदिई लगातार तीनपटकसम्म समितिको बैठकमा अनुपस्थित रहेमा ।
(२) उपदफा (१) बमोजिम कुनै सदस्यको पद रिक्त भएमा बाँकी अवधिको निमित्त यथाशीघ्र अर्को सदस्य मनोनयन गर्नु पर्नेछ ।